Section 15
अधिकतम हद भन्दा बढी जग्गा प्राप्त गर्ने
दफा १४ को उपदफा (१) बमोजिम प्रकाशित भएको फाँटवारीमा उजूर गर्ने म्याद गुज्री उजूर नलाग्ने भै सकेकोमा सो प्रकाशित फाँटवारी बमोजिम र उजुरी परेकोमा उजुरीको अन्तिम निर्णय बमोजिम तोकिएको अधिकारीले सम्बन्धित जग्गावालाहरूको यो परिच्छेद लागू भएको क्षेत्रमा दफा ७ मा तोकिएको अधिकतम हदभन्दा बढी भएको जग्गा तोकिए बमोजिम प्राप्त गर्नेछ । त्यसरी प्राप्त गरिएपछि सो जग्गामा सम्बन्धित जग्गावालाको हक तथा अधिकार स्वतः समाप्त भएको मानिनेछ ।
तर–
(क) एक वा एक भन्दा बढी क्षेत्रमा कुनै जग्गावालाको दफा ७ बमोजिम राख्न पाउने अधिकतम हदभन्दा बढी जग्गा भै निजले दफा १३ बमोजिम फाँटवारी पेश गर्दा आफूले राख्न चाहेको जग्गा देखाई फाँटवारी पेश गरेको रहेछ भने निजले सो फाँटवारीमा रोजेको दफा ७ मा तोकिएको अधिकतम हद भित्रको जग्गा प्राप्त गरिने छैन ।
(क१) अधिकतम हदभन्दा बढीको जग्गामा मोही लागेको भए मोहीको हक जतिको जग्गा नरमगरम मिलाइ छुटयाई बाँकी जग्गा नेपाल सरकारको स्वामित्वमा आउनेछ ।
(क२) खण्ड (क१) बमोजिम मोहीको हक छुट्याउँदा सो जग्गा मोहीले स्वेच्छाले जोतभोग नगरेको भन्ने व्यहोरा अन्य कुराबाट प्रमाणित हुन आएमा मोहीको लगत कट्टा गरी त्यस्तो जग्गा नेपाल सरकारको नाममा कायम गरी दिनु पर्नेछ।
(ख) त्यसरी प्राप्त गरिएको जग्गा परिच्छेद ६ बमोजिम बिक्री वितरणमा पाउने व्यक्तिलाई हस्तान्तरण नभएसम्म साविक जग्गावालाले साविक बमोजिम नेपाल सरकारमा मालपोत तिर्नु पर्ने गरी भोग चलन गर्न पाउने छ ।